जलवायु परिवर्तनको मुल कारण – प्लाष्टिक

पछिल्लो केही बर्ष यताको वातावरणलाई सामान्य रुपमा पनि अध्यायन गर्ने हो भने जलवायु परिवर्तनको असर तीव्र रुपमा नै बढ्दै गईरहेको छ । पानीका मुहानहरु सुक्दै जानुु, गर्मी अथवा जाडो अत्याधिक हुनु वा हुदै नहुनु, खेती योग्य जमिनको उर्वरा शक्ति ह्रास हुदै जानु, फूलहरु समयमा नफूल्नु, बहुबर्षीय फलफूलहरु मौषम अनुसार नफल्नु वा बर्षैपिच्छे नफल्नु, हुस्सो लाग्नु, प्राकृतिक प्रकोपहरु बढ्दै जानु, चराहरुले आफ्नो वासस्थान सार्नु, माटोमुनी बस्ने प्राणीहरु मर्दै जानु, लामखुट्टे, झिङ्गा जस्ता रोग सार्ने प्राणीहरुको विकास तीव्ररुपमा हुनु, मान्छेहरुमा दीर्घरोगको प्रभाव दिनानुदिन बढ्दै जानु जस्ता कुराहरु पृथ्वीमा भर्ईरहेका छन् र हामीले प्रत्यक्ष रुपमा देखि रहेका छौं ।

विज्ञानका अनुसार पृथ्वीको प्राकृतिक प्रकृया भित्र पर्ने गतिविधीलाई जलवायु परिवर्तन भनिन्छ । सौर्य विकिरणका कारण पृथ्वीको र वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ । पृथ्वीले सुर्यबाट जति विकिरण प्राप्त गर्दछ त्यति नै विकिरण अन्तरिक्षमा पठाउँदछ, जसकारण पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणवश विकिरणको लेनदेनमा घटबढ हुन गएमा वायुमण्डलको तापक्रममा फरक पर्दछ र पृथ्वीको वायुमण्डलको जलवायुमा एकदमै असन्तुलन पैदा भई जलवायुमा परिवर्तन हुन जान्छ । जलवायु परिवर्तन सम्बन्धिका विभिन्न तथ्याङ्कहरुलाई अध्यायन गर्दा पछिल्ला डेढ देखी दुईसय बर्ष यता मिथेन, नाईट्रस अक्साईड, कार्वन डाईअक्साईड, हरितगृह जस्ता ओजनतह विनास गर्ने तथा अन्य बिषाक्त ग्याँसहरुको उत्सर्जन दिन प्रतिदिन बढ्दै गईरहेको छ र परावर्तित विकिरणहरु पृथ्वीमै रोकिनाले पृथ्वीको तापक्रम बढ्दै गई रहेको छ ।

हाल विश्वमा हुने हरितगृह उत्सर्जनमा नेपालले ०.०२५ प्रतिशत भाग ओगटेको छ । यसमध्ये धेरै समस्या प्लाष्टिकजन्य वस्तुहरुको प्रयोगबाट भईरहेको छ । नेपालमा प्लाष्टिकको प्रयोग हुन थालेको धेरै भएको त छैन यद्यपी प्लाष्टिकको प्रयोग भने व्यापक रुपमा भईरहेको छ । एकदमै सहज तरिकाले हाल नेपालीहरुले जानी नजानीकनँ प्लाष्टिकलाई प्यारो मान्दै आईरहेका छौँ । समयको विकास, बदलिदो शहरीकरण, व्यस्त जिवनशैली र देखासिखिको कारणले नेपालमा परम्परागत खानेकुराहरु, भाँडाकुडाहरु, स्वदेशी लत्ता कपडाहरुको प्रयोग हराउदै गईरहेको छ । नुन देखी सुन सम्म प्रायः सबै कुरा बजारबाट किनेर ल्याउने, अझ बढी प्याकेटका खानेकुराहरु किनेर खाने प्रवृत्ति बढ्दै गएको हुनाले हरेक घरमा दिन प्रतिदिन प्लाष्टिकको प्रयोग बढ्दो मात्रामा छ । बिबाह, ब्रतबन्ध भोज भतेर जस्ता समारोहहरुमा पनि प्लाष्टिकका भाँडाकुडाहरु, प्लेट, थाली, चम्चा, ग्लास, झोलाहरु प्रसस्त प्रयोग हुन्छन् र प्रयोग भईसकेपछी जताततै फालिन्छन् । तथ्याङ्क अनुसार ८० प्रतिशत भन्दा बढी खानेकुराहरु प्लाष्टिक भित्र प्याकिङ्ग भईरहेको छ । ती खानेकुराहरु उपभोग गरिसकेपछी प्याकिङ्ग गरेको प्लाष्टिक जथाभावी फाल्नुलाई हामी सामान्य मान्दछौं । तर वास्तवमा यसरी फालिने प्लाष्टिकले माटोको उर्वराशक्तिलाई ह्रास गर्छ, पर्यावरणलाई दुषित पार्दछ । जलाईयो भने वायुमण्डलमा हानीकारक ग्याँस उत्सर्जन भई एकदमै नराम्रो असर पार्दछ भने मान्छेलाई क्यान्सर जस्ता घातक रोगको सिकार समेत बनाउदछ । नजिकबाट अझ भत्रुपर्दा काठमाडौंमा प्रदुषणको अवश्था त झन भयानक छ । 

प्लाष्टिकजन्य वस्तुहरुको अत्याधिक प्रयोग, फोहोरहरुको वर्गीकरण नगरिकनँ एकमुष्ट पठाउनु, नदीहरु तथा खाली ठाउँमामा फोहोरहरु फाल्नु जस्ता गतिविधिहरुले काठमाण्डौंमा प्रदुषण दिन प्रतिदिन बढ्दै गईरहको छ, यहाँ उत्पादन हुने फोहोर मध्य ८० प्रतिशत फोहोरमा कुनै न कुनै रुपमा प्लाष्टिक अवशिष्ट हुने गर्दछ । यस्तो फाहोरले वातावरणमा लामो असर पार्दछ । जसका कारणले बालबालिका, बृद्धबृद्धा, दीर्घरोगी र अपाङ्गता भएका व्यक्तिहरु स्वास्थ्यका हिसाबले उच्च जोखिममा छन् । नेपालको पर्यटकीय क्षेत्रमा समेत प्लाष्टिकले निकै ठुलो असर पार्न सक्ने खतरा बढ्दै गईरहेको छ । बर्षेनी यसरी नै प्रदुषण बढ्दै जानुले अवस्था झन् झन् भयानक बन्दै गईरहेको छ । कतिपय मुलुकहरुले प्लाष्टिकको प्रयोगलाई निस्तेज गर्ने रणनीति समेत तयार पारेका छन् । प्रदुषणलाई हेलचेक््रयाई नगरि समयमै न्युनिकरण गर्नका लागि स्थानिय सरकार, सरकारी तथा गैरसरकारी संघ संस्थाहरु, विभित्र विकासका साझेदार निकायहरु, समाजका चेतनशिल नागरीकहरुको भुमिका अपरिहार्य छ । सबैले प्लाष्टिकको सट्टा कपडाबाट बनेका वातावरण मैत्री झोलाहरुको प्रयोग गरी आफ्नो वरपरको वातावरण तथा जलवायु प्रति न्याय गरी मानव लगायत समस्त प्राणीको रक्षा गर्नु आम सचेत नागरिकको कर्तव्य ठहरिएको छ ।